विरगञ्जमा कसको होला पल्लाभारी ? यस्तो छ चुनावी अंकगणित

बैशाख १३,विरगञ्ज । वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुई पक्षीय भिडन्त हुने सङ्केत छ ।

वीरगञ्जमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नकेपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको सत्ता गठबन्धन र नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर बनेको विपक्षी गठबन्धन बीच मात्र प्रतिश्पर्धा हुने राजनीतिक विश्लेषकहरुको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्जका पूर्व मेयर गोपाल गिरीका छोरा गिरिश गिरीले महानगरको मेयरमा उम्मेदवारी दिएपनि वीरगञ्जको लागि उनि नयाँ अनुहार नभएको कारण खासै फरक नपर्ने विश्लेषकहरु बताउँछन् । त्यसैले पनि वीरगञ्जमा दुई पक्षीय भिडन्त हुने बताईएको छ ।

सत्ता गठबन्धनबाट जसपाका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् भने विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजयकुमार सरावगी अखाडामा आएका छन् । सिंह र सरावगी बीच हुने महाभिडन्तमा कसले बाजी मार्छ भन्ने कुरा अहिले वीरगञ्ज मात्र नभइ देशभर चर्चाको विषय बनेको छ ।

चुनावी तालमेल र अघिल्लो निर्वाचनको अङ्क गणितलाई आधार मान्ने हो भने वीरगञ्ज महानगरपालिकामा पुनः जसपाले बर्चस्व जमाउने सङ्केत छ ।

गत निर्वाचनमा पनि पनि विजयी हाँसिल गरेको तत्कालिन संघिय समाजवादी फोरम (हालको जसपा) ले यसपाली पनि जित्ने सम्भावना उच्च रहेको छ । पार्टी एउटै भएपनि यसपटक व्यक्ति भने फरक छन् । जसपाले यस पटक वीरगञ्जमा निकै प्रभावशाली मानिने राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ । यहाँका वर्तमान मेयर विजयकुमार सरावगी जसपा छोडेर एमाले गएपछि पार्टीले सिंहलाई उनको विरुद्धमा खडा गरेको छ ।

सत्ता गठबन्धनले नै वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाको भागमा परेपछि गत निर्वाचनको अंकगणितका आधारमा सिँहको सम्भावना बढेको हो । यसअघि राष्ट्रिय जनता पार्टीबाट अन्तिम अवस्थामा टिकट पाएर पनि १२ हजार १ सय ६५ मत प्राप्त गरेका सिंहलाई यसपाली जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादी पार्टीको मत पनि थपिने भएको छ । सिंहले प्राप्त गरेको १२ हजार १ सय ६५ भोट पूर्ण रुपमा व्यक्तिगत भोट भएको हुँदा जसपाकै नेताहरु दावी गर्छन् ।

उक्त निर्वाचनको समयमा पर्सा जिल्लामा राजपाको अवस्थालाई हेर्ने हो भने उक्त दावीलाई सत्य मान्न सकिन्छ । वडामा सङ्गठनसमेत विस्तार नभएको कमजोर अवस्थामा त्यति मत प्राप्त गर्ने कसैले पनि आश नगरेको समयमा सिंहले १२ हजार १ सय ६५ मत प्राप्त गरेर आफ्नो पकड राम्रो भएको प्रमाणित गरेका थिए । त्यसयता सिंहले गरेको विभिन्न सामाजीक र राजनीतिक क्रियाकलापले उनि वीरगञ्ज महानगरवासीमा अझै चर्चित भएका छन् । कोरोना भाइरसको महामारी तथा पहिलो र दोस्रो चरणको लकडाउनको समयमा गरेको कामका कारण उनको व्यक्तिगत भोट फेरी उल्लेख्य मात्रामा बढ्नेमा कुनै दुई मत छैन ।

कोरोना कालमा दैनिक हजारौँ व्यक्तिलाई निःशूल्क रुपमा भोजन वितरण, गरिव, विपन्न तथा नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा श्रमिकहरुलाई खाद्यान्न सामाग्री सहयोगदेखि मोतिबिन्दु भएका हजारौँ जनाको निःशूल्क रुपमा शल्यक्रिया गरेर सामाजिक क्षेत्रमा पनि सक्रिय हुनु नै सिँहको जनाधार बढेको आधार हुन् । त्यसतै मधेश आन्दोलनका क्रममा एउटा पहाडी अनुहार भएर पनि उनले खलेको अग्रणी भूमिकालाई अहिले पनि सबैले सराहना गर्छन ।

यसअघि सङ्घीय समाजवादी फोरम हालको जसपाबाट सरावगीले पाएको १९ हजार ३ सय ९३ मतमध्ये सरावगीको व्यक्तिगत भोट लगभग ५ हजार नै मानेपनि पार्टीगत भोट भारी पर्ने सहजै अनुमान लगाउन सकिन्छ । व्यापारिक पृष्ठभूमिबाट अचानक राजनीतिमा आएर सरावगीले १९ हजार मत ल्याउनुमा पार्टीको सबैभन्दा ठूलो भूमिका थियो । तर सरावगी अहिले उक्त पार्टीमा नभएर एमालेमा गएका छन् । अघिल्लो निर्वाचनमा एमाले पाँचौँ स्थानमा थियो । जसपासँगै यसअघि वीरगञ्ज महानगरको मेयरमा दोस्रो स्थानमा रहेका अजय द्विवेदीले प्राप्त गरेको १७ हजार १ सय ९७ मत पनि सिंहलाई नै पर्नेमा कुनै आशंका छैन ।

सत्ता गठबन्धनको निर्णयबमोजिम नेकपा माओवादी केन्द्रबाट यसअघि ८ हजार ३ सय ५ मत प्राप्त गरेका रहबर अन्सारीको भोट सिंहलाई जाने निश्चित छ । नेकपा एमालेबाट बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ भोट भने बाँडिने देखिन्छ । नेकपा एमालेका नेताहरु एकिकृत समाजवादीमा गएसँगै एमालेको भोट दुई ठाउँमा जाने देखिएको हो ।

सरावगीको कार्यकाल जनताले देखिसकेको हुँदा अब पुनः सरावगीलाई नै अवसर दिने पक्षमा नगरबासी नभएको नागरिक समाजका अगुवा प्राध्यापक डा। दीपक शाक्य बताउँछन् । सरावगीको कार्यकालदेखि एकाधबाहेक अधिकांश नगरबासी असन्तुष्ट हुनुले पनि पुनः सरावगी दोहोरिँदैनन् भन्ने कुरालाई थप पुष्ठि गर्छ । सरकारी सेवा सुविधा पनि केही लिँदैन भनेर करोडौँको गाडी चढ्नु र निर्वाचनताका गरेका प्रतिबद्धता एवम् खाएका कसमहरु बिर्सिएर जनतामा करको बोझ लादेका कारण पनि नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने नगरबासीको धारणा छ ।

खुला सीमाना जोडिएको हुँदा वीरगञ्जमा केही हदसम्म भारतीय राजनीतिको प्रभाव परेको हुँदा पनि जसपा अरुभन्दा सशक्त मानिन्छ । भारतमा पनि कम्युनिष्टको कमजोर अवस्था र लोकतान्त्रिक मूल्य मान्यता बोकेका पार्टीहरुको हालीमुहाली भएका कारण वीरगञ्जमा पनि लोकतान्त्रिक गठबन्धनको पक्षकै पल्ला भारी देखिएको हो । सरावगीकै आगमनपश्चात लामो समयदेखि एमालेमै रहेर काम गरेका व्यक्तिहरुलाई पाखा लगाएर अरुलाई टिकट वितरण भएको भन्दै एमालेकै नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरीरहेका छन् । यसले एमालेमा नवप्रवेशीहरु हाबी भएको पुष्ठि गर्छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा एमालेबाट वडाअध्यक्षको तयारी गरीरहेका महमदु अन्सारीले पार्टी परित्याग गरेका छन् । वडा इकाई कमिटीका अध्यक्षसमेत रहेका अन्सारीले पार्टीभित्र इमान्दारीताका साथ पार्टीको लागि र जनताको लागि काम गरेका व्यक्तिलाई पाखा लगाएर नवप्रवेशी र पैसाँवालाई व्यक्तिलाई काखा च्यापेको भन्दै पार्टी परित्याग गरेको बताए ।

संम्बन्धित समचार

Leave a Reply