स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका कार्यकर्ता धमाधम ‘ब्याक’

बैशाख १६,सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रकै कतिपय कार्यकर्ता ‘ब्याक’ भएका छन् ।

उम्मेदवारी मनोनयन फिर्ता लिने समय गुज्रिनै लाग्दा शुक्रबार माओवादी केन्द्रका कतिपय बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अमान सिं तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारिक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै उम्मेदवारी लिएका हुन् ।​

संम्बन्धित समचार

Leave a Reply