पोखराको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका २ जनाले मनोनयन फिर्ता लिए

बैशाख १६,काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । मेयरमा बागी उम्मेदवारी दिनुभएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज शुक्रवार निर्वाचन अधिकृतको कार्यालयमा गइ मनोनयन फिर्ता लिएका हुन् । तर कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।

मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन साङ्केतिक विद्रोह गरेको तर आफूहरूको कारणले देशको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताए । त्यस्तै तिवारीले भने कांग्रेसको इमानदार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारूढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको बताए ।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply