२१ वैशाखदेखि कांग्रेसको साताव्यापी चुनावी आमसभा हुने

वैशाख २०, काठमाण्डौ । नेपाली कांग्रेसले देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने भएको छ । चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा रुपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply