बालकृष्ण आचार्यको राजनीतिक यात्रा र धुनिवेशीमा मेयरको उम्मेदवारीको औचित्य

अनलाइनकेन्द्र

धादिङको कम्युनिष्ट आन्दोलनमा फरक र सुक्ष्म ढंगले निरन्तर लागिरहेका धुनिवेशी नगरपालिकाका निर्वतमान नगरप्रमुख बालकृष्ण आचार्यको जन्म २०२६ फागुन १७ गते भएको हो । बुवा हिराप्रसाद आचार्य र आमा यदुकुमारी आचार्यको माइलो सन्तानको रुपमा जन्मिएका आचार्य सानैदेखि शालिन,सभ्य र परिवर्तनकारी सोच भएका व्यक्तिको रुपमा रहेको स्थानीय बताउछन् । प्रमाणपत्र तहसम्म उर्तिण गरेका आचार्यको राजनितिक यात्रा २०४० बाट सुरु भयो । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटीको सचिवबाट आफ्नो राजनितिक यात्रा सुरु गरेका हुन् ।

आचार्य खासमा पञ्चायतविरोधी आन्दोलनमा बिद्यार्थीकालदेखी लागेका व्यक्ति हुन् । साविकको नौविसेमा रहेको मच्छिन्द्र मावीमा अध्ययन गर्ने आचार्यले आर्दश मावी गजुरीबाट मच्छिन्द्र पढ्न आएका आफ्नो साथी गोपाल मगरलाई पञ्चायती व्यवस्थाविरुद्ध गतिविधि गरेवापत आर्दश मावीबाट निष्काशन गरेपछि पञ्चायतविरुद्धको आन्दोलनमा सहभागी बन्न तत्कालिन मालेको बिद्यार्थी संगठन अखिलमा आवद्ध भएका थिए । २०४३ को चुनावमा जनपक्षिय उम्मेदवारलाई जिताउन उनले दक्षिणी भेगमा सक्रिय भुमिका निर्वाह गरे । उनि २०४१ मालेको बिद्यार्थी संगठन अखिलको जिल्ला कमिटी सदस्य भए भने २०४४ मा धादिङ मिलनकेन्द्रको सदस्य समेत भए ।

पार्टी राजनितिमा यसरी भए सक्रिय

आचार्य मध्यम परिवारमा जन्मिएका व्यक्ति हुन । धादिङको दक्षिणी भेगबाट साविकको जिवनपुरमा तत्कालिन समयमा नेकपा मालेले संगठन विस्तार गर्ने भयो । त्यसबेला पञ्चायतीविरुद्धको आवाजहरु एकपछि अर्को गर्दै बुलन्द भइरहेको थियो । एमालेले २०४५ मा जिवनपुरमा संगठन विस्तार गर्दा आचार्य पार्टीको संस्थापक सचिव भए । त्यसबेला पार्टी सचिव मुख्य व्यक्तिको रुपमा रहने व्यवस्था थियो । गाँउ पार्टी कमिटी जिवनपुरको सचिव भएपछि उनि नेकपा मालेको संगठन विस्तारमा तिव्र गतिमा अघि बढे । २०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) र नेकपा मालेको एकीकरण भै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बन्यो ।

२०४६ मा पार्टीको धादिङ–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेका आचार्य २०४७ मा एमालेको जिवनपुर गाँउ पार्टी कमिटीको सचिव भए । २०४६ को पञ्चायतविरुद्धको आन्दोलनमा आचार्यले जिवनपुरको नेतृत्व गर्दै देशमा बहुदलीय व्यवस्था ल्याउन महत्वपुर्ण भुमिका खेले । आन्दोलनमा उनि घाइतेसमेत भएका थिए । धादिङको दक्षिणी भेगमा कम्युनिष्ट आन्दोलनमा धेरै भन्दा धेरै नागरिकलाई जोड्न सफल आचार्यको समन्वय र संगठन गर्ने व्यक्तिको रुपमा चिनाउन सकिन्छ ।

२०५१ देखि २०५३ सम्म उनि जिवनपुरको पार्टी प्रमुख भएनन् तर फेरि उनलाई २०५६ पछि एमालेले जिवनपुर गाँउ पार्टी कमिटीको प्रमुखमा चुन्यो । २०६२/६३ मा भएको लोकतान्त्रिक आन्दोलनमा उनले धादिङको दक्षिणी भेगबाट महत्वपुर्ण भुमिका निर्वाह गरे जिनवपुरमा व्यापक संगठन विस्तार गरी पार्टीलाई बलियो बनाएका आचार्य २०६७ सम्म उनि एमालेको जिवनपुर गाँउ पार्टी कमिटीको प्रमुखमा रहे । २०६८ मा पार्टीको क्षत्रिय कमिटीको उपाध्यक्ष बनेका उनि २०७० मा क्षेत्रिय अध्यक्ष बन्न सफल भए ।

नगरपालिका प्रमुखमा विजयी, धुनिवेशीको अभिभावकको रुपमा स्थापित

मुलुकमा २०६२/६३ को जनआन्दोलनपछि २०६४ मा पहिलो संविधान सभाको निर्वाचन भयो । २०७० मा फेरि दोस्रो संविधान सभाको निर्वाचन भयो । संविधान बन्यो । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र आयो । नयाँ संविधान बन्यो । देशमा भएको संघिय मोडल अनुसार धादिङको तत्कालिन नौविसे,जिवनपुर र छत्रेदेउराली गाँउ विकास समितीलाई गाभेर मुलुककै कान्छो नगरपालिका बनाउन यहाँको नेतृत्व सफल भयो ।

२०७४ मा स्थानीय निर्वाचन भयो । बालकृष्ण आचार्य नगरको पहिलो नगरप्रमुख बन्न सफल भए । उनको कार्यकालमा मात्रै नगरपालिका घोषणा भएको थियो । न कार्यालय थियो,न त कुनै नगरको लागि चाहिने आवश्यक कानुन । उनको नेतृत्वमा धुनिवेशी नगरपालिकामा अहिले आवश्यक कानुन,निती र योजना बनेका छन् । सबै ठाँउमा बिजुली,सबै बस्तीमा सडक, सबै नागरिकसम्म आधारभुत स्वास्थ्यको पहुँच, आधुनिक शिक्षाको सुरुवात र लोककल्याणकारी नगरपालिकाको सुरुवात भएको छ । नगरको लागि आवश्यक पर्ने सडक गुरुयोजना तयार भएको छ । नगरपालिकाको आफ्नै प्रशासकिय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटकिय सम्भावनाको खोजी र त्यसको लागि योजना तयार भएको छ । खासगरी सबै व्यक्ति,संघसंस्था र राजनितिक दललाई बराबरी ठान्ने, समान व्यवहार गर्ने र समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने क्षमता भएका आचार्य यतिबेला नगरको अभिभावककै रुपमा स्थापित छन् ।

पार्टीमा विद्रोह

खासगरी २०७४ मा नगरप्रमुख निर्वाचित भएपछि बालकृष्ण आचार्य नितान्त सबै राजनितिक दलको नगरप्रमुख थिए । उनले त्यसलाई कार्यान्वयन गरेर पुष्टि पनि गरे । तर मुलुकमा तिव्र रुपमा भइरहेको राजनितिक ध्रुविकरण यति छिटो छिटो गतिमा भयो की उनि निर्वाचित समयमा एमाले थिए भने नगरप्रमुखको जिम्मेवारीको समयसम्म उनको पार्टी नेकपा रह्यो र नगरप्रमुखको कार्यकालको अन्तिम बर्ष उनि नेकपा एकिृकत समाजवादीको नेता हुन पुगे । यस किसिमको अवस्थामा रहदा पनि उनी कुनैपनि बेला बिचलित नभई नगरपालिकालाई सम्मृद्ध बनाउन हरसमय लागिरहे ।

बितेको पाँच बर्ष उनि जुन पार्टीबाट नगरप्रमुखमा निर्वाचत भए उनलाई पार्टीबाट कुनै किसिमको सहयोग भएन् । बरु विपक्षी राजनितिक दलले उनलाई थोरै भएपनि सहयोग गरेको आचार्य बताउछन् । उनि भन्छन्–नेकपा माओवादी केन्द्र र नेकपा एमोलबीच २०७५ मा भएको पार्टी एकता ३ बर्ष पनि टिक्न सकेन् । पार्टीभित्र एकताको सुरुवाती दिनदेखि नै समस्या रहिरह्यो । एमाले अध्यक्ष निरन्तर पार्टी एकताको मर्मविपरित गइरहे,कहिले एउटालाई बोकेर अर्कोलाई तह लाउछु भने त कहिले अर्कोलाई बोकेर एउटालाई तह लाउछु भनेर पार्टी विधि,पद्धती र विधानविपरित कार्य गरिरहे ।

यसले एकतालाई नजिक बनाउने भन्दा दुरी बढाउनेतर्फ राजनिति अघि बढिरह्यो । यसो त ओलीले पार्टीमा अल्पमतमा परेपछि पार्टी नै फुटाउने षड्यन्त्रमा लागे । सर्वोच्चमा सेटिङ गरेर कहीँ नभएको जात्रा हाँडी गाँउमा भनेजस्तो फैसला ल्याउन सफल भए । अन्तत पार्टी फुट्यो । सर्वोच्चले नाटकिय फैसला गर्यो–पार्टी पुर्ववत अवस्थामा जे थियो त्यही नामले चल्ने । फेरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आए । आचार्य माधवकुमार नेपालले बोकेको विधि,पद्धती र प्रणालीको पक्षमा उभिए ।

र फेरि नगर प्रमुखको उम्मेदवारी….

बालकृष्ण आचार्य धुनिवेशीको लागि नौलो मान्छे हैन् । उनि एक समन्वयकारी,शालिन र विकासप्रेमी नेताको रुपमा स्थापित भइसकेका जनप्रतिनिधि र नेता हुन् । मुलुकमा यतिबेला प्रतिगमनको विरुद्धमा संयुक्त गठबन्धन बनेको छ । त्यही गठबन्धनको तर्फबाट आचार्य धुनिवेशीको नगरप्रमुखको उम्मेदवार रहेका छन् ।

अब उनलाई नगरप्रमुखमा विजयी बनाउन कलम चिन्हमा मतदान गर्नुपर्नेछ । आचार्य आफुले अघि बढाएका दिर्घकालिन विकासका मोडललाई सफल बनाउन र सबैको सहज पहुँच भएको नगरपालिका बनाउन चाहन्छन् । उनि भन्छन्–मैले पाँच बर्ष जनताको सेवक भएर काम गरेको हुँ । यो बीचमा मैले नगरको सम्मृद्धीको खाका कोर्न सफल भएको छु । सम्मृद्धीका योजनाहरु अघि बढेका छन् । नगरमा सबै नागरिकलाई सबै सेवाको पहुँच विस्तार गरेको छु । यत्तिले म खुसी छैन्,मेरो भिजन पुर्ण कार्यान्वयन गर्न मलाई एकपटक फेरि नगरप्रमुखमा विजयी गराउनुहुन् नगरवासीलाई अपिल गर्दछु ।

 

संम्बन्धित समचार

Leave a Reply