हाम्रो बारेमा

हाम्रो बारेमा


अनलाईन केन्द्र मिडियाद्धारा सञ्चालित नेपालको फरक धारको अनलाईन न्युज पोर्टल अनलाईन केन्द्र डटकम (www.Onlinekendra.com) आम नागरिकको सुचना र समाचारको माध्यम बनिरहेको यहाँलाई अवगत गराउछौँ । पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका पाठकलाई ध्यानमा राखी हामीले समसामयिक विषय बस्तु देखि राजनितिक,आर्थिक र सामाजिक क्षेत्रमा उठेका विविध विषयबस्तु उठान गरिरहेका छौँ ।

मुलुकमा पछिल्लो समय अनलाईन समाचार पत्रिका मार्फत जनमानसमा सुचना र समाचारको प्रभावकारिता बढिरहेको सन्दर्भमा राज्यले तय गरेको निति-नियममा बसी सबै प्रक्रिया पुर्याएर विधिवत ढंगले सञ्चालनमा रहेको यस अनलाईन न्युज पोर्टल आम नागरिकको रुचाईमा रहेको हामी अवगत गराउछौ ।

मुलुकको राजधानी काठमाडौँमा केन्द्रिय कार्यालय रहेतापनि देश संघियतामा गईसकेपछि हाम्रो सुचना र समाचारको पहुँच पनि मुलुकको कुना कन्दरासम्म पुर्याउने उदेश्यका साथ सातवटै प्रदेशमा हामीले समाचारको प्रभाव राख्ने उदेश्य लिएका छौँ । जस अनुसार अनलाईन केन्द्रले सात वटै प्रदेशलाई आफ्नो साईटमा प्राथामिकताको साथ राखेको छ । मुलुकको हरेक विषयमा सुक्ष्म र गहिरो खोज अनुसन्धान गर्दै सत्य,तथ्य र निष्पक्ष समाचार पस्कनु नै हाम्रो अनलाईनको   मुख्य उदेश्य छन ।

खासगरी सकारात्मक सोचका साथ स्थापना भएको अनलाईनकेन्द्र मिडियाद्धारा सञ्चालित अनलाईनकेन्द्र डटकम समाजमा भएको हरेक सकारात्मक खबर,विश्लेषण,विचार र सामाग्री प्रकाशित गर्दछ । आम नागरिक नकारात्मक सन्देश भन्दापनि सकारात्मक खबरको प्रतिक्षामा छन । मुलुकको सम्बृद्धीको पक्षमा छन । पाठकको यही चाहनालाई हामीले मध्येनजर गरेका छौँ । हामी निरन्तर यही धारमा अघि बढिरहनेछौँ ।

स्थापनाको छोटो समयमा नै हामीले देशमा भएका विविध घटना/परिघटनालाई वास्तविकतामा उजागर गराउन सफल भएका छौँ । “प्रत्येक समय समाचारको समय” भन्ने नारा अपनाएको यस अनलाईन समाचार पत्रिकाले देशमा पत्रकारिता क्षेत्रमा दशक भन्दा लामो अनुभव संगालेका व्यक्तित्वहरुलाई सहभागी गराएको छ ।

-प्रधानसम्पादक

(अनलाईनकेन्द्र डटकम)