आजदेखि कोभिडविरुद्धको ‘बुस्टर डोज’ लगाइँदै

माघ २, काठमाडौँ । सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ…

पुरा पढ्नुहाेस्

कोरोना अपडेटः थप १३९ जनामा संक्रमण, एकको मृत्यु

कार्तिक २०, काठमाडौं । आज देशभर थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुबाट २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ र १ हजार ७९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जना गरि कुल १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या आठ लाख १४ हजार २१७ पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट ३९६ जना निको भएका छन् । योसँगै नेपालमा संक्रमणा भएर निको हुनेको संख्या सातलाख ९४…

पुरा पढ्नुहाेस्

कोरोनाको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु

असोज १५, कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु गरिएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिए । उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिए । डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताए…

पुरा पढ्नुहाेस्

कोभिडविरुद्धको ’कोभिनाट्री’ खोपलाई आपतकालीन प्रयोगको अनुमति

भदौ २७, काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोपले पनि आपतकालिन प्रयोगको लागि अनुमति पाएको छ । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप फाइजर बायोएनटेकको ’कोभिनाट्री’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले खोप ल्याएर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको बताए । कोभिडका खोपमध्ये फाइजर खोप धेरै देशमा प्रयोग भइरहेको खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाइमा रहेको देखिन्छ । माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालमा अहिलेसम्म यस्तो खोपको प्रयोग अहिलेसम्म भएको थिएन । सरकारले…

पुरा पढ्नुहाेस्

पुष्प व्यवसाय विस्तार

माघ १७ काठमाण्डौ । लकडाउनमा थलिएको पुष्प व्यवसाय विस्तार हुन थालेको छ। कोरोना भाइरसको जोखिमका कारण ठप्प जस्तै भएको पुष्प क्षेत्र अन्य क्षेत्र जस्तै चलायमान हुन थालेको छ । व्यवसायीहरुले व्यवसाय विस्तार तथा सुरु गर्न आवश्यक तयारी थालेका छन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार कोरोनाको जोखिम कायमै भए पनि पर्यटन क्षेत्र चलायमान हुन थालेकाले पुष्प व्यवसायीमा पनि उत्साह थपिएको छ । तर, ढुक्क हुने अवस्था अझै नरहेकाले अन्योल भने कायमै रहेको एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो । आर्थिक वर्ष २०७५र७६ मा २ अर्ब ४२ करोड रुपैयाँभन्दा धेरैको वार्षिक…

पुरा पढ्नुहाेस्

जनावरमा पनि देखियो पहिलोपटक कोरोना सङ्क्रमण

माघ १४ काठमाडौँ । दक्षिण कोरियामा पहिलोपटक जनावरमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो । पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह…

पुरा पढ्नुहाेस्