मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि कारोबार हुने

साउन १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ साउन १७ गते सोमवार धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । असार २८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक तर्फको ८ लाख २२ हजार ५०० कित्ता समेत गरी कुल १२ लाख ११ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट : २ जनाले पाए ११ कित्ता ! [नतिजा हेर्ने लिंकसहित]

असार २८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । असार २५ गते शुक्रवार प्रि–अलोटमेण्ट गरेको कम्पनीको आईपीओको अन्तिम बाँडफाँट सोमवार विहान भएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा न्यूनतम १० कित्ताका दरले ३६ हजार ३४९ जना आवेदकहरुले शेयर हात पारेका छन् । पहिलो चरणमा बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर यी मध्य २० कित्ताभन्दा बढी माग गर्ने दुई जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट फेरी एक एक कित्ताका…

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

असार २८, काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ आज बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९ः३० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । बोर्डबाट अनुमति पाएपछि सोमबार बिहान लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको हो ।

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ७३ गुणा बढी आवेदन !

असार २१, काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे २० लाखले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

असार १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा शुक्रबारसम्म ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका छन् । शुक्रबारसम्म १ करोड ५७ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुला भएको थियो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३…

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तको आईपीओ निष्कासन, अब मालामाल हुने पालो तपाईको !

असार १७, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुला हुनेछ । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।  

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलीबाट निष्कासन हुँदै

असार १६, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरिएको हो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तको आइपीओ असार १७ गते आउने, कति दिने आवेदन ?

असार ९,काठमाडौ । मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । यसमध्ये ०।५५ अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५५ ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ ।  

पुरा पढ्नुहाेस्

मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाखको आईपीओ ल्याउँदै, तपाईको भाग्य चम्किएला ?

बैशाख २२, काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।  

पुरा पढ्नुहाेस्