युरोकप फुटबल २०२० को उपाधी इटालीले जित्यो !

असार २८, काठमाण्डौ । युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । अतिरिक्त समयसम्म पनि खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो अन्तिम तीनवटा पेनाल्टी गोल गर्नबाट चुकेपछि घरेलुमैदानमै इङ्ल्याण्डले पराजय भोगेको हो । निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त समयसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो तीन पेनाल्टी लगातार मिस गर्दा इटालीले आफ्नो…

पुरा पढ्नुहाेस्