सन्दीपलाई क्रिकेट संघका अध्यक्ष चन्दले भेटे

आश्विन २१,काठमाडौँ । प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट संघका अध्यक्षले भेटेका छन् । प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले उनीसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी…

पुरा पढ्नुहाेस्