बाँकेमा फोर्स गाडी दुर्घटना: ११ जनाको मृत्यु, २२ जना घाइते

जेठ १९,बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार , ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी दुर्घटना परेको हो । ११ जनाको मृत्यु भयो । चार–पाँच जनाको अवस्था गम्भीर छ ।’ नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना…

Read More