‘तिहार पर्वले राष्ट्रिय एकता थप सुदृढ बनोस्’

कार्तिक २०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गरेकी छन् । तिहार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि मङ्गलमय शुभकामना गरेकी छन् । ‘झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो’, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘दिपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा…

पुरा पढ्नुहाेस्

राष्ट्रपति भण्डारी मनाङ जाँदै

कात्तिक १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ भ्रमणमा जादैछिन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने प्रजिअ आचार्यले जानकारी दिए । जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ । आज राष्ट्रपति भण्डारीले अवलोकन…

पुरा पढ्नुहाेस्

राष्ट्रपति भण्डारीले प्रदेश २ प्रमुखलाई हटाइन

फागुन ७ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीको चौतर्फी प्रशंसा

असार ३०,काठमाडौँ । यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीको चौतर्फी प्रशंसा भईरहेको छ । सामाजिक सञ्जालमा उनले आफै छाता ओढेर कार्यक्रम तर्फ गईरहेको तस्विर भाईरल बनेको छ । एक कार्यक्रममा निस्कदै गर्दा पानी परिरहेको अवस्थामा भण्डारीले आफै छाता ओढेर अघि बढेकी छिन । विभिन्न समयमा भिभिआईपी सवारी, उच्चपदस्थको विभिन्न रवैयाका कारण सर्वसाधारणले दुख पाईरहेके भन्दै गुनासो हुँदै आएको छ । पछिल्लो समय राष्ट्रपति भण्डारीको यो सराहनिय संस्कारले अन्य भिभिआईपीलाई समेत साधारण तरिकाले आफ्नो गतिविधि गर्न प्रेरित गरेको छ । कसले के भने ? राष्ट्रपति भण्डारीको तस्विर पोस्ट गर्दै सांसद रामकुमारी झाक्री भन्छिन–…

पुरा पढ्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिका जादैं

फागुन २६,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिका प्रस्थान गर्दै्छिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेकी हुन् । राष्ट्रपतिसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी पनि उक्त कार्यक्रमका लागि अमेरिका जाँदैछन् ।…

पुरा पढ्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालीहरुमा बडादसैंको शुभकामना

कार्तिक २ ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैंका अवसरमा देशबासीलार्इ शुभकामना सन्देश दिएकी छिन । राष्ट्रपतिको कार्यालय शीतल निवासबाट जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैं, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गरेकी छिन ।

पुरा पढ्नुहाेस्