अनेरास्ववियुको सचिवालय बैठक बस्दै, नेतृत्व पुनर्गठन हुने

भदौ २, काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को सचिवालय बैठक आज बस्दैछ । बैठकबाट अनेरास्ववियुको नेतृत्व पुनर्गठन हुने भएको छ । बैठकबाट नेतृत्व पुनर्गठन गर्न लागिएको अनेरास्ववियुका इन्चार्ज एवं अखिलका पूर्व अध्यक्ष खिमलाल भट्टराईले जानकारी दिए । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा विहान ११ बजे बस्ने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय भएसँगै वर्तमान नेतृत्वलाई बिदा गरेर संगठन पुनर्गठन गर्न लागिएको उनले बताए । महाधिवेशनसम्म भए पनि अखिलको नेतृत्वका लागि संगठनका पदाधिकारीहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । इन्चार्ज…

पुरा पढ्नुहाेस्