इसेवालाई ‘संस्थागत अभिकर्ता’को लाइसेन्स

कार्तिक ११, काठमाडौं । बीमा समितिले इसेवालाई कर्पोरेट अभिकर्ताको लाइसेन्स दिएको छ । समितिले इसेवालाई ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८’ अनुसार लाइसेन्स दिएको हो । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अव विभिन्न बीमा कम्पनीहरुको बीमा पोलिसी बिक्री गर्न पाउने छन् । भुक्तानी सेवा प्रदायक मध्ये इसेवाले पहिलो लाइसेन्स लिएको हो । संस्थागत अभिकर्ताको लाइसेन्स पाए सँगै इसेवाले अव बीमितसँग बीमा शुल्क संकलन गरी बीमा कम्पनीलाई भुक्तानी गर्न सक्ने छ । इसेवाले अभिकर्ताको काम गर्नका लागि सधै कार्यालय खोलेर राख्नु पर्नेछ । यदि बीमितले यस्तो संस्थामा आएर बीमा कम्पनीको बारेमा…

पुरा पढ्नुहाेस्