बाग्मती प्रदेशमा मतविभाजन आज

कार्तिक १०, काठमाडौँ । बाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकमा बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन लागेकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज मतविभाजन हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ । एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन्…

पुरा पढ्नुहाेस्

बागमती प्रदेश सभा बैठक: मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

असोज २४, काठमाडौं । बागमती प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक आज (आइतबार) बस्दैछ । अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । नेकपा (एमाले) विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए । शाक्यले असोज २५ गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यले संसदममा…

पुरा पढ्नुहाेस्

बाग्मतीका मुख्यमन्त्री शाक्यलाई एक साता हाईसन्चो

भदौ ३०, काठमाडौँ । बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा छ । अल्पमतका बावजुद गठबन्धन दलले नयाँ बन्ने सरकारमा मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा शाक्य नेतृत्वको सरकार लम्बिएको छ । सरकार लम्बिएसँगै मुख्यमन्त्री शाक्यलाई एकसाता हाइसन्चो भएको छ । विपक्षी गठबन्धनको बैठकले बर्तमान सरकारलाई सदनबाट विश्वासको मत लिन एक साता समय दिने सहमति भएसँगै शाक्यलाई हाईसन्चो भएको हो । एकल बहुमत रहेको एमाले विभाजन भएसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यात्यमक अवस्था सिर्जना भएको छ । ‘राजनीतिमा इमानदारिता हुन्छ । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन एक साताको…

पुरा पढ्नुहाेस्

बागमती प्रदेश संसदीय बोर्ड गठन : अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेसहित १३ सदस्य को-को छन् ?

बैशाख २३, काठमाण्डौ । नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको हो । बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् । बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यबस्था छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने बताइएको छ ।

पुरा पढ्नुहाेस्