आईपीएल क्रिकेट : शीर्ष स्थानको गुजरात र पुछारमा रहेको मुम्बई खेल्दै

बैशाख २३, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ । गुजरातले १० खेलमा ८ मा जितसहित १६ अङ्क जोडेको छ । मुम्बईले ९ खेलमा एउटा मात्रै जित निकालेको छ । उसको दुई अङ्क मात्रै छ ।

पुरा पढ्नुहाेस्