आज नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता

आश्विन ११,काठमाडौँ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ । यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिए । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् । किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ…

पुरा पढ्नुहाेस्