काराबाओ कपः आर्सनल अन्तिम आठमा

कार्तिक १०, काठमाडौं । आर्सनल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति लिड्स युनाईटेडलाई २-० गोल अन्तरले हराउँदै आर्सनल अन्तिम आठमा पुगेको हो । आर्सनलको जितमा कलुम चाम्बर्स र एडी एनकेटियाले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा चाम्बर्सले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए । काराबाओ कपको क्वाटरफाइनल ‘ड्र’ आइतबार सार्वजनिक हुनेछ ।

पुरा पढ्नुहाेस्