इन्द्रजात्राको सांस्कृतिक महत्व र पहिचान छ : पर्यटनमन्त्री श्रेष्ठ

भाद्र २२,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए । उनले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको…

पुरा पढ्नुहाेस्