एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

बैशाख १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ । एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस)का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए । एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज नेकपा (एस)को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच…

पुरा पढ्नुहाेस्

गठबन्धनमा दम्भ देखियो, हिसाब मिलान हुन्छ : मन्त्री झाँक्री

बैशाख १२, काठमाडौं । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन् । सत्ता गठबन्धनमा आबद्ध पाँचमध्ये एक पार्टीकी नेत्रीले यस्तो टिप्पणी गरेकी हुन् । आइतबार राति सामाजिक संजालमार्फत ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ । उनले ट्विट गर्दै भनेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन । गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ । हाम्रा वार्ता, संवादमा केही…

पुरा पढ्नुहाेस्

एमसिसी विरोधका ‘स्टाटस’ हटाउन माधव नेपालको निर्देशन

फागुन २५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउन निर्देशन दिएका हुन् । अध्यक्ष नेपालले निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहे स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिए । उनले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी गरेका छन् । यस्तै‚ उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको वैधानिकता अन्त्य गर्ने प्रयास गरेको बताएका छन् । ओलीले…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

फागुन १५, काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बस्ने छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

फागुन ९, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने पार्टी सचिव एवं प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो । आइतबार बिहान बसेको गठबन्धन दलको बैठकले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेर टेबल भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका थिए । उनले संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए भने भातृ संगठन पनि एमसीसी विरोधमा उत्रिएका थिए…

पुरा पढ्नुहाेस्

एमालेको संसद् अवरोध सर्वोच्चको फैसला विपरीत : अध्यक्ष नेपाल

पुस ४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसला विपरीत संसद् अवरुद्ध पारेको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको फैसलालाई मान्ने पक्षमा नरहेको दावी गरेका हुन् । उनले सर्वोच्च अदालतको फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई चुनौती दिने काम गरेकोसमेत दाबी गरे । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहो¥याए । पार्टीको निर्माण हुनुभन्दा पहिले…

पुरा पढ्नुहाेस्

नेकपा एसको खोटाङ नेतृत्व हेरफेर

कार्तिक १५, खोटाङ । नेकपा (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो । जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि उनले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गरेका हुन् । ५५ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा…

पुरा पढ्नुहाेस्

कम खर्चमा तीनै तहको चुनाव एकै पटक गरौं : माधव नेपाल

कात्तिक १२, पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका हुन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे । ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी हिसाबमा…

पुरा पढ्नुहाेस्

नवनियुक्त मुख्यमन्त्री पाण्डेको पहिलो निर्णय यस्तो छ ! (भिडियोसहित)

कार्तिक ११, बाग्मती । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ को २ बमोजिम नियुत्त भएका पाण्डेले प्रदेश प्रमुख यादव चन्द्र शर्माले समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गरेका छन् । पाण्डेले प्रदेश स्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परिक्षणका लागि आवश्यक उपकरण, थप बेड साथै भेन्टीलेटर र औषधीको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । निर्णलयमा भनिएको छ, ‘बाग्मतीका १३ बटै जिल्लामा देखिएको…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीको ७३ जिल्लामा कमिटी गठन

कार्तिक ०६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ७३ जिल्ला कमिटी गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार चार जिल्लाबाहेक अन्यमा जिल्ला कमिटी गठन गरिएको छ । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको छ । अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेकोे विज्ञप्तिमा जनाइएको छ ।…

पुरा पढ्नुहाेस्