रामेछापमा जीप दुर्घटना: ३ जनाको मृत्यु, एक बालक घाइते

भदौ ३१, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजप् ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्