झापाको मेचीनगरमा एमालेका उम्मेदवार विजयी

जेठ १०, काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे । उपप्रमुखमा एमालेका मीना कुमारी पोखरेलले २१ हजार ५९० मत प्राप्त गरी विजय भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे । मेचीनगर नगरपालिकाको नतिजासँगै झापाको १५ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

पुरा पढ्नुहाेस्

घोराही उपमहानगरको मेयर र उपमेयरमा एमाले विजयी

जेठ ५, दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरी निर्बाचित भएका छन् । चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् । विजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराएका थिए । यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् ।…

पुरा पढ्नुहाेस्

एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा, बन्द सत्र सौराहामा

कार्तिक ०८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुवात भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाइँदै छ । उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी…

पुरा पढ्नुहाेस्

एमाले विधान महाधिवेशन: बिहान समूहगत छलफल‚ दिउँसो पूर्ण सत्र

असोज १६, काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो । छलफलका लागि १० वटा समूह बनाइएको छ । समूहगत छलफल बिहान ८ बजेबाटै सुरु हुने जनाइएको छ । समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ । शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा पेस गरिनेछ…

पुरा पढ्नुहाेस्

सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

असोज १४, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् । संसद्को गतिरोध अन्त्यको लागि छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । उक्त बैठकमा अध्यक्ष ओली नजाने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । भट्टराईले भने, ‘अध्यक्ष ओली नजाने भएपछि अरु जानुको औचित्य छैन् । त्यसैले कोही पनि बैठकमा सहभागी हुँदैनौं ।’ सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा…

पुरा पढ्नुहाेस्

सरकारविरुद्ध थप रणनीति तय गर्न एमाले बोलायो संसदीय दलको बैठक

भदौ २७, काठमाडौँ । लगातार संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । बैठक आज (आइतबार) दिउँसो १२ बजे बस्दै छ । सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शनिबार सम्पन्न स्थायी कमिटीले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो । आजको बैठकमा संसद्मा नेकपा एमालेको भूमिका तथा पछिल्ला घटनाक्रम र विषयवस्तुबारे थप स्पष्ट पारिने भट्टराईले बताए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा उनले भने सदनको कारबाहीलाई अगाडि बढाएका छन् ।…

पुरा पढ्नुहाेस्