ओलीले गराए मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण

मंसिर २९, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कुल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

पुरा पढ्नुहाेस्