ओस्कार अवार्डका लागि नेपाली फिल्मको आवेदन खुल्ला

असोज २०, काठमाडौँ । ९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज ९अस्कार०मा नेपालको तर्फबाट सहभागी फिल्मका लागि आवेदन खुल्ला गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले एक विज्ञप्तिमार्फत आवेदन खुल्ला भएको जनाएको हो । अवार्डका लागि १९ असोजदेखि २ कात्तिकसम्म एकेडेमीले तोकेका सबै मापदण्ड सहित फिल्म दर्ता गराउनुपर्नेछ । सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड) प्रदान गरिँदैछ । हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना…

पुरा पढ्नुहाेस्