१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

फागुन २४, काठमाडौँ । सरकाले आगामी शनिबारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने बताए । उनकाअनुसार झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ । जसमध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवाइने छ ।…

पुरा पढ्नुहाेस्

सिटामोललगायतका औषधि सहज उपलव्ध गराउनु : सर्वोच्च

माघ ११, काठमाडौँ । सिटामोललगायतका अत्यावश्यक औषधिको सहज उपलव्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकलाई सिटामोल लगायतका अत्यावश्यक औषधि उपलव्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै रिट दायर गरिएको थियो । कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज उपलव्धता मिलाउन आदेशमा भनिएको छ । आदेशमा थप भनिएको छ, ‘कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य…

पुरा पढ्नुहाेस्