कतारमा फिफा विश्वकप २०२२ आजदेखि सुरू हुँदै

मंसिर ४, काठमाडौं । कतारमा फिफा विश्वकप २०२२ आजदेखि सुरू हुँदैछ । नेपालका लागि फुटबल विश्वकपको प्रसारण अधिकार पाएको मिडिया हब प्रालिले प्रतियोगिताका अधिकांश खेल हिमालय प्रिमियम च्यानलमा प्रसारण हुने जानकारी दिएको छ । आजदेखि सञ्चालनमा आएको यो च्यानल सब्सक्राइब गरेर विश्वकप फुटबलका खेल हेर्न सकिने छ । यसका लागि दर्शकले करसहित ५६५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर, मिडिया हबले विश्वकपका उद्घाटन समारोहसहित चार खेल निःशुल्क प्रसारण हुने बताएको छ । यसको अर्थ यी खेल प्रिमियम च्यानलको सब्स्क्रिप्सन नलिएरै हेर्न सकिने छ ।

पुरा पढ्नुहाेस्