कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा

कार्तिक २२, काठमाडौ । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिल फुटबलले कतार विश्वकपका लागि सोमबार २६ सदस्यीय टोली घोषणा गरेको हो । ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ । ब्राजिलको टिममा ग्राबियल जिसस र ग्राबियल मार्टिनेली अटाउँदा रोबर्टो फिर्मिन्हो अटाएका छैनन् । नोभेम्बर २० बाट सुरु हुने कता विश्वकपमा ब्राजिलले पहिलो खेल नोभेम्बर २५ मा सर्बियासँग खेल्ने छ ।

पुरा पढ्नुहाेस्