कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु

आश्विन ६,काठमाडौँ । काठमाण्डौको कपनमा रहेको लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ कपनको लसुनटारमा बुधबार बेलुकी पौने ७ बजेतिर आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु भएकाको पहिचान भने खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि निभाइएको जानकारी दिए । आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ । आगो निभाइए पनि नेपाल प्रहरी, सेना र…

पुरा पढ्नुहाेस्