कमलादीमा स्काईवाक टावर निर्माणको काम अन्तिम चरणमा

मंसिर १३,काठमाडौँ । कमलादीमा निर्माणाधीन स्काईवाक टावरमा व्यापार व्यवसाय गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । टावरको ३ वटा तलालाई भाडामा लगाउने योजनाका साथ निर्माण कम्पनीले बुकिङ खुल्ला गरेको हो । टावर निर्माणको काम अन्तिम चरणमा पुगेसँगै बुकिङ खुल्ला गरेको वन्डर्स नेपाल प्रालिका टावर सुपरभाइजर निखिल दाहालले बताए । टावरको २४ र २५ तलामा व्यापार गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । ‘अहिले टावरमा व्यापार गर्ने चाहनेहरुसँग सहकार्य गरी भाडामा दिने सोच बनाएका छौं, बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्याधिक अर्डर आएको पनि छ,’ उनले भने ।…

पुरा पढ्नुहाेस्