रियलको जितमा बेन्जिमाको ह्याट्रिक

भदौ २८, एजेन्सी । करिम बेन्जिमाको ह्याट्रिकमा रियल मड्रिडले शानदार जित निकालेको छ । आईतबार राति रियल मड्रिडले घरेलु मैदानमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले हरायो । खेलमा अग्रता पाहुना टोली सेल्टा भिगोले चौथो मिनेटमा मिना लोरेन्जोको गोलमा लिएको थियो । करिम बेन्जिमाले २४ औं मिनेटमा रियललाई बराबरीमा ल्याएका थिए । फ्रेन्को सर्विकले ३१ औं मिनेटमा पुन पाहुना टोलीलाई पुन अग्रता दिलाएका थिए । बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै रियललाई पुन बराबरीमा ल्याए । भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाउने काम गरे । उनले बेन्जिमाकै पासलाई…

पुरा पढ्नुहाेस्