कर्णालीमा एकै दिनमा १९१ जनाले कोरोना जिते

असार २,काठमाडौँ । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३४२ जना सङ्क्रमितहरू निको भई घर फर्किएका हुन् । मङ्गलबार मात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले यसअघि विभिन्न समयमा गरी १५१ जना डिस्चार्ज भई घर गइसकेको…

पुरा पढ्नुहाेस्