कर्णाली प्रदेश: कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन

पौष ८,काठमाडौँ । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो । दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । शाहकै समर्थनमा जीवनबहादुर शाही दलको नेतामा सर्वसम्मत भएको कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीले जानकारी दिए । राजिव दाइले दलको नेतामा उम्मेद्वारी नै दिनुभएन, उहाँकै समर्थनमा जीवन दाइ सर्वसम्मत दलको नेतामा चएन हुनुभएको छ,’ प्रवक्ता शाहीले भने । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहका शाही पुनः मुख्यमन्त्रीमा…

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेश सभामा सर्वसाधारणलाई सहभागि गराइने

माघ १४, काठमाडौँ । कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुला गरिने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि कर्णाली प्रदेश सभा खोलिनेछ । प्रदेश सभा सचिवालयका अनुसार प्रत्येक महिनाको १५ र २९ गते संसद् खुलाइनेछ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणको लागि प्रदेश सभा खुल्ने भएपछि प्रदेश सभा के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो हुनछ भन्नेबारे सर्वसाधारण नागरिकले प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन् । देशका सातवटा प्रदेश मध्ये सर्वसाधारण नागरिकलाई संसद अवलोकनको सुविधा लिन लागेको…

पुरा पढ्नुहाेस्

कर्णालीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान

कार्तिक १६, काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलका अनुसार आज साँझ ७:३० बजेभित्र दावी पेश गरिसक्न प्रदेश प्रमुखले समय दिएका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ । कर्णालीमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । कांग्रेससँग भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्रका संसदीय दलका…

पुरा पढ्नुहाेस्

कर्णालीमा लोकसेवासम्बन्धी अध्यादेश जारी

कार्तिक १०, सुर्खेत । कर्णाली प्रदेशमा लोकसेवासम्बन्धी अध्यादेश जारी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश लोकसेवा आयोग ऐन २०७५ संशोधन गर्न बनेको अध्यादेश –२०७९ जारी गरेका हुन् । प्रदेश सरकारले कार्तिक ७ गते ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मंगलवार प्रदेश प्रमुख कलौनीले उक्त अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । यो ऐन दोस्रो पटक संशोधन गरिएको हो ।…

पुरा पढ्नुहाेस्

मुगु बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारको एक लाख सहयोग

कात्तिक ०६, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । बैठकले कोभिड-१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत…

पुरा पढ्नुहाेस्

सात जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

माघ २८ सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । ती जिल्लाका सबै सङ्क्रमित निको भएसँगै सङ्क्रण शून्य देखिएको हो । कर्णाली तीन जिल्लामा मात्र कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् । सुर्खेतमा २७, जुम्लामा तीन र…

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेशलाई कोरोना विरुद्धको ११ हजार खोप

माघ ११ काठमाडौँ । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए । “चिकित्सक तथा स्वास्थ्यकर्मीपश्चात दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतका लागि खोप मगाउँछौँ”, उनले भने, “यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो खोप सबैले लगाउनुपर्छ ।” उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका…

पुरा पढ्नुहाेस्