नेकपा एसको चेतावनीले कर्णाली प्रदेश सरकारमा तरंग

माघ २२, काठमाडौँ । कर्णाली प्रदेश सरकार विस्तार फेरि अन्योलमा परेको छ । तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एकीकृत समाजवादीको चेतावनीपछि सरकारमा नयाँ तरंग उत्पन्न भएको हो । नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री जीवन बहादुर शाहीले भोलि सरकारलाई पूर्णता दिने तयारी गरेका थिए । तर, एकीकृत समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि भोलि मन्त्रिपरिषद् विस्तार नहुने पक्कापक्की भएको हो । सहमतिअनुसार पूर्व–मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएको र जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमतिअनुसार तीन मन्त्रालयको दाबी नछोड्ने एकीकृत समाजवादीका…

पुरा पढ्नुहाेस्

बाढीपीडितका लागि १२ करोड निकासा

माघ ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ । २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार रूपैयाँ राहत रकम पठाएका छन् । यस्तै दुई करोड रूपैयाँ बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ…

पुरा पढ्नुहाेस्

‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

कार्तिक १५, काठमाडौं । कर्णाली प्रदेश सरकारमा मन्त्री भएका तीन गैर सांसद आज पदमुक्त हुने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुन लागेका हुन् । उनीहरु नेकपा एमालेमै रहँदा फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए । गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था छ । एमाले…

पुरा पढ्नुहाेस्