श्रीलंकामा कर्फ्यू उल्लंघन गर्नेलाई गोली हान्न आदेश

बैशाख २८, काठमाडौँ । श्रीलंकामा कर्फ्यू उल्लंघन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । प्रदर्शन उग्र हुन थालेपछि कफ्यू उल्लंघन गर्नलाई गोली चलाउन आदेश दिइएको हो । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरू भएका छन् । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीले गाडीहरूमा आगजनी र तोडफोड गरेका छन् । सोमबार प्रदर्शनकारीले निवर्तमान प्रधानमन्त्री महिन्दा…

पुरा पढ्नुहाेस्