सानिमा लाइफको आईपीओमा २४ लाखभन्दा बढीको आवेदन, कहिले होला बाँडफाँट ?

साउन २६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन आईपीओमा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।  

पुरा पढ्नुहाेस्