कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

साउन ४, काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहीवार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । मंगलवारदेखि शुरू भएको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ । बुधवारको बैठकमा पनि नेताहरूले धारणा राखेका थिए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ । बुधवारको…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

चैत्र ५, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका छन् । त्यसबारे छलफल गर्न आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २२ गते बस्ने

पौष १२, कठमाण्डौ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको उहाँको भनाइ छ ।

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

पौष ३, काठमाडौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैटक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा रामचन्द्र पौडेल अनुपस्थित

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित भएका छन् । १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन राखिएको बैठकका लागि पार्टीका मुख्यसचिवले घरमै पुगेर नेता पौडेललाई खबर गरेका थिए । पौडेलले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बैठकमा नआउने बताएका थिए । तर किन भन्ने नखुलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । बिहीबार दिउँसो केन्द्रीय कार्यसमिति बैठक बस्यो, तर वरिष्ठ नेता पौडेल उपस्थित भएनन् । आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न नसके राजनीतिबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका थिए । लगतै केन्द्रीय कार्यसमितिमा अनुपस्थित हुनुलाई…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना: क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग

भाद्र ८,काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् । नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए । उनले भने -‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिंदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यालय आफ्नै नेता कार्यकर्ताको घेराबन्दीमा

साउन २९, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय एक महिनायता आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा परेको हो । क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरुको माग ३४ दिनसम्म पनि सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताए । उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने बताए । यस्तै ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, दुई कर्मचारीलाई कोभिड पुष्टि

बैशाख १५, काठमाडौ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो दुई बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने बैठकमा आगामी महाधिवेशनका विषयमा छलफल हुनेछ । बैठक बस्‍ने भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यालयका कर्मचारी गरी १२९ जनाको कोभिड १९ परीक्षण गरिएको थियो । जसमा दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीका अनुसार दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको हो ।  

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने

चैत्र १३, काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । नेपानी काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

असार २१, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।

पुरा पढ्नुहाेस्