काठमाडौँ-१४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी

जेठ १२,काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी भएका छन् । उनी ३ हजार ४ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रश्मी श्रेष्ठले ३ हजार ३ सय ४६ मत प्राप्त गरिन् । यता राप्रपाका उम्मेदवार आनन्दप्रसाद श्रेष्ठले १ हजार ८ सय ८३ मत ल्याए । स्वतन्त्र उम्मेदवार माहिर शर्माले लौरो चिन्हबाट ३ सय ४३ मत ल्याए । काठमाडौँ महानगरको अन्तिम मतगणना सकिएसंगै मेयरमा बालेन्द्र साह विजयी भएका छन् ।

पुरा पढ्नुहाेस्