काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदै

मंसिर २९,काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जानकारी दिएको…

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने

साउन ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । ल्यान्डफिल साइट जाने सडक निर्माणको काम आजसम्म सम्पन्न गरिने सूचना प्राप्त भएको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जारी गरेको सूचनामा बिहीबार बिहान ६ बजेदेखि आफ्नो पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारीसाधनसम्म फोहोर पु¥याउन अनुरोध गरिएको छ ।

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन

जेठ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ । पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।  

पुरा पढ्नुहाेस्