कुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुलाई

कार्तिक ७, काठमाण्डौ । मिति २०७९÷०७÷०६ मा भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोहमा उक्त तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी प्र.प्र.नि. श्री कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार माननीय गृह मन्त्री बालकृष्ण खाँणद्वारा प्रदान गरियो । उक्त पुरस्कार श्री कुलानन्द ठाकुरका दुई छोरा डा. चिरंजीवी नेपाल (पूर्व गभर्नर) तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो । श्री कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम हुनुभएको थियो । साथै उहाँ भारतको बेलायतको तथा अमेरिकाको बाट तालिम लिनुहुने पहिलो प्रहरी अधिकृत पनि हुनुहुन्थ्यो ।…

पुरा पढ्नुहाेस्