कोरोना नियन्त्रणमा लापरवाही गरेको भन्दै वीरगञ्जका युवाहरुद्धारा सडकमा उत्रिने चेतावनी

साउन २४,विरगञ्ज । वीरगञ्जमा कोभिड संक्रमण नियन्त्रणमा स्थानीय प्रशासनको भूमिका शून्य भएको भन्दै युवाहरुले स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने चेतावनी दिएका छन् । विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनका नेताहरुको शनिबार भएको भेलाले यस्तो चेतावनी दिएको हो । प्रमुख जिल्ला अधिकारीकै गैरजिम्मेवारीका कारण वीरगंजमा समुदायस्तरमै कोभिड संक्रमण फैलिएको भन्दै कोभिड नियन्त्रणमा स्थानीय प्रशासन निकम्मा देखिएको भेलाले ठहर गरेको छ । भेलापछि जारी विज्ञप्तिमा स्थानीय प्रशासनको हेलचेक्रयाइले नै पछिल्लो समयमा निजी अस्पतालले कोभिड बाहेकका बिरामीलाई पनि उपचार बन्चित गराइरहेको ठहर गरेको छ । उपचार नगर्ने अस्पताललाई कारबाही गर्न स्थानीय प्रशासन चुकेको…

पुरा पढ्नुहाेस्