वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुँदै, को को बन्दैछन् मन्त्री ?

माघ ११, हेटौंडा । वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुने भएको छ । ११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मंगलबार १४ मन्त्रालयमा ३ वटा मन्त्रालय कटौती गरेर ११ वटा कायम गर्ने प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । जसअनुसार ११ मन्त्रालयमा सत्तारुढ गठबन्धन मध्यको सबैभन्दा ठुलो दल नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीलेले ३ मन्त्रालय पाउने भएका छन् । सोही भागबन्डा अनुसार नेकपा एमालेबाट वाग्मती प्रदेशको चार जना मन्त्रीको नाम ‘फाइनल’ भएको छ । एमालेबाट…

पुरा पढ्नुहाेस्

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?

भाद्र ३०,काठमाडौँ । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ । यस्तै ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ । एमाले सांसद लीलाबल्लभ अधिकारीले साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद् विस्तार आजै हुने बताए ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दैछन् मन्त्री ?

भाद्र २३,काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रमुख सचेतक निरौलाले बताए । मन्त्री बन्नेहरुको नाम भने उनले खुलाउन चाहेनन् । मुख्यमन्त्री शाक्यले आज मध्याह्न १२ बजे मन्त्रीहरु नियुक्त गरी शपथ गराउने तयारी भइरहेको उनले बताए । मुख्यमन्त्री शाक्य गत…

पुरा पढ्नुहाेस्