युएईलाई हराउँदै भारत महिला एशिया कप क्रिकेटको शिर्ष स्थानमा

असोज १८, काठमाडौँ । युएईलाई फराकिलो अन्तरले हराउँदै भारत महिला एशिया कप क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा भारतले युएईमाथि १०४ रनको फराकिलो जित हात पारेको हो । भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको युएई निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ७४ रनमा समेटिएपछि भारतले फराकिलो जित हात पारेको हो । युएईका कबिशा ईगोडागेले अबिजित रहँदै सर्बाधिक ३० रन जोडिन । यस्तै खुसि शर्माले २९ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यसअघि बङ्गलादेशको सिलहट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर सुरुवाती ब्याटिङ थालेको…

पुरा पढ्नुहाेस्

अन्तिम एकदिवसीयमा नेपाल र जिम्बावे ए खेल्दै

बैशाख २६, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको अन्तिम एकदिवसीय खेल बिहान ९:३० बजे सुरु हुनेछ । हाल तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यस अघि भएको तीन…

पुरा पढ्नुहाेस्

एकदिवसीय टी-ट्वान्टीः नेपाल र जिम्बावे ‘ए’ खेल्दै

बैशाख २३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

पुरा पढ्नुहाेस्

नेपालले आज जिम्बावे ‘ए’ को सामना गर्दै

वैशाख १७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पहिलो एकदिवसीय अन्तर्गत जिम्बावे ‘ए’ विरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी…

पुरा पढ्नुहाेस्

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

चैत १९, काठमाडौँ । नेपाल अपराजित रहदै त्रिदेशीय टी-२० श्रृङ्खलाको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै फाइनल पुगेको हो । नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया १९.५ ओभरमा १३८ रनमै समेटिएको हो । मलेसियाका लागि विरनदीप सिंहले ४७, अह्मद फैजले ३३, ऐनुल हफिजले १८ र स्येद अजिजले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले तीन, कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक/एक विकेट…

पुरा पढ्नुहाेस्

बंगलादेशलाई ऐतिहासिक सफलता

चैत १०, काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २–१ ले जितेको हो । यससँगै बंगलादेशले पहिलो पटक दक्षिण अफ्रिकी भूमिमा एक दिवसीय शृङखला जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ । १५५ रनको मध्यम लक्ष्य बंगलादेशले २६ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको हो । उसका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय पाली खेले । त्यस्तै लिट्टोन दासले ४८ रन जोड्दा शाकिब अल हसन १८ रनमा नटआउट रहे…

पुरा पढ्नुहाेस्

लिग टु खेल्न नेपाली क्रिकेट टोली श्रीलंका जादैँ

फागुन २१, काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज (शनिबार) श्रीलंका प्रस्थान गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गर्ने जनाएको छ । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन् । नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी)…

पुरा पढ्नुहाेस्

विश्वकप छनोटका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

फागुन ४, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ खेलाडीसहितको टोली घोषणा गरेको छ । क्यानले नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी मंगलबार सन्दीप लामिछानेको कप्तानीमा क्यानले ओमानमा हुने छनोटका लागि टोली घोषणा गरेको हो । छनोटमा परेका नेपाली टीममा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिह ऐरी, विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुल्सन झा रहेका छन्…

पुरा पढ्नुहाेस्

चारदेशीय टी–२० सिरिजः नेपाल र आयरल्याण्ड भिड्दै

फागुन २, काठमाडौँ । चारदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दैछ । ओमानको अलअमरेत क्रिकेट स्टेडियममा नेपाल र आयरल्याण्डबीचको खेल अपराह्न ३ः४५ बजे सुरु हुनेछ । जारी सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन् । नेपाल–आयरल्याण्ड दुवै टोली युएईसँग पराजित भएका थिए । पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जित हासिल गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन । यी दुई टिमले अन्तिमपटक २०१९ मा टी–२० म्याच खेलेका थिए । आयरल्याण्डसँगको खेलपछि नेपालले चार दिनपछि विश्वकप छनोट खेल्नेछ । नेपालले सो…

पुरा पढ्नुहाेस्

चारदेशीय टी–ट्वान्टी सिरिजः नेपाल ६ विकेटले विजयी

माघ २८, काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का हिर्काए । दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन…

पुरा पढ्नुहाेस्