गण्डकी प्रज्ञा प्रतिष्ठानले नृत्यको अनुसन्धान गर्दै

चैत ४, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए । उनका अनुसार अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान सुरु गरिएको छ । यही चैत ३० गतेभित्रमा अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानलाई बुझाउनुपर्ने समय निर्धारण गरिएको छ । अनुसन्धानकर्तामार्फत अक्षर र भिडियोसमेतका जानकारी…

पुरा पढ्नुहाेस्