नारायणी नदीमा बहाव बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलिए

असोज २०, काठमाडौँ । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । मंगलबारदेखि परेको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पु्र्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए । उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ…

पुरा पढ्नुहाेस्