घर डुबानपछि नगरपालिकाको कार्यालयमा तालाबन्दी

भदौ १४, नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा ताला लगाइदिएका छन् । बुधबार रातिदेखि परेको बर्षाले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको बताउँदै उनीहरुले आइतबार ताला लगाएका हुन् । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-४ मा २०० भन्दा बढी घर डुबानमा परेको छ । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् । गैँडाकोट-४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले…

पुरा पढ्नुहाेस्