गोदावरी पुष्प प्रदर्शनी मेला शुक्रबारदेखि

कार्तिक १०, काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ । फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ । स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको…

पुरा पढ्नुहाेस्