पेरु क्रान्तिका नेता गोन्जालोको जेलमै निधन

भदौ २७, एजेन्सी । पेरु क्रान्तिका नेता गोन्जालोको जेलमै रहेको अवस्थामा निधन भएको छ । बिबिसीका अनुसार विद्रोही समूह ‘साइनिङ पथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । उनलाई धेरैले अध्यक्ष गोन्जालो भनेर चिन्थे । दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो । अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए । गत जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल पठाइएको थियो । कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पथ…

पुरा पढ्नुहाेस्