गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

असोज ९, बिरगंज । डाक्टर गोविन्द केसीको समर्थनमा वीरगञ्जका चिकित्सकहरुले शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । नारायणी अस्पताल नजिकै रहेको संघको कार्यलय अगाडि उनीहरुले केहीबेर प्रदर्शन गरेका थिए । ‘डाक्टर केसीको जायज माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा गर’ नारा लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका अध्यक्ष अरुणकुमार सिंहले डाक्टर केसीको जायज माग पुरा गरे स्वास्थ्य र चिकिसा क्षेत्रमा सुधार आउने दावी गरे ।

पुरा पढ्नुहाेस्