‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने

असार १, काठमाण्डौ । कोरोना संक्रमणका कारण सरकारले निषेधाज्ञा लगाउँदा सिनेमा हलमा प्रदर्शन हुँदाहुँदै रोकिएको फिल्म ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने भएको छ । गत वर्ष प्रदर्शनका क्रममा रोकिएको फिल्मलाई फेरि प्रदर्शन गर्न लागिएको हो । फिल्मका निर्माता अर्जुन कुमारका अनुसार फिल्म त्यतिबेला राम्रोसँग चल्न नपाएकाले फेरि प्रदर्शन गर्न लागिएको हो । उनले फिल्म निषेधाज्ञाका कारण हेर्न चाहेर पनि बञ्चित भएका दर्शकले पुनः हेर्ने अवसर पाउने बताए ।

पुरा पढ्नुहाेस्