चीनमा कोरोना भाइरसको नयाँ संक्रमित फैलिन थाल्यो

कात्तिक ८, काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुनस् देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् । अक्टोबर १७ देखि संक्रमण लहर ११ प्रान्तमा फैलिएको आयोगका प्रवक्ता मि फेङले ब्रिफिङमार्फत् जानकारी दिए । मीका अनुसार अधिकांश संक्रमितले विगतमा अन्तरक्षेत्रीय यात्रा गरेका छन् । उनले महामारीबाट प्रभावित स्थानमा ‘आपतकालीन उपाय’ अपनाउनुपर्ने अपिल समेत गरेका छन्…

पुरा पढ्नुहाेस्